जानुको ‘बिस्तारै बिस्तारै’बोलको गीत भिडियो सहित सार्वजनिक

प्रवासमा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा क्रियाशील रहदैआएकी गीतकार जानु काङ्बाङ्ग लिङदेनको गहकिलो शब्दमा गायक राजेश पायल राई, र गायिका अमृता लिम्बुको स्वरमा  ‘बिस्तारै बिस्तारै’बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ।

शिखर सन्तोषको संगीत ,गोपाल रसाईलीको अरेन्जमेन्ट,किशोर थापाको मास्टरिंग रहेको यो गीत निकै मधुर छ।अमृत गुरुङको निर्देशनमा अनिता लिम्बु र ज्याक आमस्ट्रोंगको आकर्षक अभिनय रहेको यो गीतको भिडियो पनि राम्रो बनेको छ।