‘ यस्तो माया दिउकी ‘ बोलको गीत सार्वजनिक

गायक तारावीर पाण्डे र गायिका पवित्रा गुरुङको स्वरमा ‘ यस्तो माया दिउकी ‘ बोलको गीत सार्वजनिक भएको छ ।

मधु न्यौपानेको शब्द तथा गायक तारावीरकै संगीत रहेको यो गीतमा योगेशकाजीको संगीत संयोजन रहेको छ। पिक स्टुडियोमा रेकर्ड भएको यो गीतको सम्पुर्ण कपिराईट स्टिडियो यमनसंग रहेको छ ।

आकर्षक शब्द मिठो स्वर र संगीतले गीत सुन्दा मनछुने खालको छ। पछिल्लो समयमा आफूलाई निकै नै व्यस्त बनाएका छन् गायक तथा संगीतकार ताराबीर पाण्डेले । स्टुडियो यमनका सञ्चालक समेत रहेका उनले रेकर्डिष्टको काम समेत आफैंले गर्दै आएका छन् ।