“तिम्रै माया” गीत सार्वजनिक

गायक छिरिङ शेर्पाको नयाँ पप गीत “तिम्रै माया ” युट्युबबाट सार्वजनिक भएको छ । गायक छिरिङ शेर्पा स्यामको शब्द तथा संगीत गीतमा रहेको छ ।

नेपाली पप विधामा निकै कम सिर्जना बजारमा आउने गरेका कारण आफनो गीतलाई निकै मन पराउने अपेक्षा गायक छिरिङले लिएका छन । आफनी प्रेमीकाको स्मरण गदै आफना भावहरुलाई गीतमा समेटिएको छ ।

आफनो भाग्यमा आफनी मायालु प्रेमिका बाट छुटनु सायद भाग्यमा लेखिएको हुनाले विछोड भएको कुरा उनले गरेका छन । मुकेश हुमागाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसी ले सम्पादन गरेका हुन । भिडियोमा छिरिङ सँगै मोडल सगुन शाहीले अभिनय गरेकी छन् । गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन