बक्सर नम्रता श्रेष्ठ

चलचित्र ‘क्लासिक’मा दृष्टिबिहिन यूवतीको भूमिकामा देखिएकी नम्रताले नयाँ चलचित्र ‘जाइरा’का लागि आफूलाई फेरि फरक गेटअपमा ढालेकी छिन् । नम्रताले अभिनय गरेका चलचित्र विशेष हुने  गर्दछन् । आफूलाई हरेक चलचित्रमा फरक–फरक भूमिका र गेटअपमा देखाउन चाहन्छिन् ।

अब उनी बक्सर बन्दै   फिल्ममा  एक मार्सल आर्ट खेलाडीको भूमिकामा  देखिने  भएकी छन् । उनी भिन्न लुक्समा संचारकार्मीमाझ सार्वजनिक भएकी थिइन । फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याएकी अभिनेत्री नम्रता श्रेष्ठलाई खेलाडी लुक्समा सजिलै चिन्न गाह्रो परेको थियो । यो चलचित्रका लागि नम्रताले कपाल काटेकी छिन् भने तौल पनि घटाएकी छिन् ।

एक कार्यक्रम मार्फत कलाकारको गेटअप सार्वजनिक गरियो । अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको यस चलचित्र आगामी मंसिर १४ गतेबाट देशभर प्रदर्शनमा आउने तय गरिएको छ ।

‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकेँ । अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो’, नम्रताले भनिन्। उनले, कपाल काट्दा दुःख भने लागेको तर भूमिकाका लागि आफूले त्यसमा ढालेको बताइन् ।

ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित यो चलचित्रमा लोकेश बज्राचार्यले  सम्पादन गरेका छन् । बाबु श्रेष्ठको छायांकन, आशुतोष र निरोज महर्जनको स्क्रिप्ट छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’चलचित्रलाई पूर्ण रुपमा एक्सनप्रधान बनाइएको छ । जसमा, नम्रतालाई दर्शकले ‘एक्सन लेडी’को रुपमा देख्न पाउनेछन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन  गरेका छन् ।