सपना सिंह ठकुरी

नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी ‘ बाट आफ्नो कला अभिनय सुरु गरेकी  सपना सिंह ठकुरी भरत नाट्यम, अभिनय र नृत्यमा पोख्त छिन । चलचित्र, म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन । त्यस्तैगरी थिएटर सोमा अभिनय गर्नुको साथै विभिन्न  विज्ञापनमासमेत आफ्नो कला कौसल प्रस्तुत गरिसकेकी छिन । आकर्षण र सुन्दरी  सपना सधै हासी रहने मिठो मुस्कानकी धनी छिन।