एल्बम ‘ सोनी’ श्रोतासमक्ष

नेपाली तथा नेवारी भाषाका गीतहरु बेलामौकामा गाउदै आएकी सोनी राजभण्डारीले आफ्नो पहिलो एल्बम ‘ सोनी’ श्रोतासमक्ष ल्याएकी छिन्। चारवटा गीत रहेको यो एल्बममा अबिद र राजेन्द्र डंगोलको संगीत तथा शब्द रचना छ।

अबिदले तीनवटा सिर्जना सोनीको स्वरमा गवाएका छन् भने राजेन्द्रले एउटा। सतायौ कि मेरो मन, भैगोनी त, तिमी नाम दिन्छौ र तिम्रो एक शब्द बोलका गीतहरु एल्बममा रहेका छन् । संगम स्टुडियो  र प्लाटिनम स्युडियोमा रेकर्ड गरिएका यि गीतहरुमा संजीब बराईली,प्रदिप श्रेष्ठ र बिजेन श्रेष्ठको संगीत संयोजन छ ।

दिल खोलेर गायिका सोनीले गाएकी छिन् । सानैदेखि गायनमा संक्रिय रहे पनि यसरी एल्बम भने उनले निकालेकी थिईनन । अब संगीत क्षेत्रबाट नहराउने र निरन्तर क्रियाशील रहने उनको सोच छ ।