सद्दाम हुसेन

बि.सं. २०७१ सालबाट नेपाली मोडलिंगमा देखापरेका सद्दाम हुसेन मिस्टर एण्ड मिस नारायणी नामक ट्यालेन्ट सोबाट उपबिजेता बनेर यो क्षेत्रमा देखापरेका थिए । स्नातक उत्तिण सद्दामले त्यस प्रतियोगीतामा वेश्ट ड्रेस र बेष्ट प्रस्नालिटी को टाईटल पनि जितेका थिए । २०७३।७४ सालमा भएको म्यानहन्टमा उपाधी जितेपछि यिनको चर्चा चुलियो । त्यसतै मिस्टर नारायणकीको उपाधीले पनि यिनलाई चर्चित बनायो । यसपछि यिनको व्यस्तता बढ्दै गयो । बिभिन्न सौन्दर्य प्रतियोगिता , म्युजिक भिडियो, चलचित्रमा यिनको संक्रियता देखिन थाल्यो। हेटौडामा जन्मिएर काठमाडौलाई कर्म थलों बनाएका सद्दाममा अभिनय कला र सिप सबै छ। एउटा हिरोमा हुनु पर्ने सबै गुण छ ।