गीतकार संघ नेपालको स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

गीतकार संघ नेपालले वार्षिक रुपमा प्रधान गर्दै आएको आफ्ना पुरस्कार तथा सम्मान घोषणा गरेको छ। गीतकार तथा चलचित्रकर्मी यादब खरेल, गायक दीप श्रेष्ठ, तथा संघका अध्यक्ष चुडामणि देवकोटाको छनौट समितिले यस वर्षका सम्मानित तथा पुरस्कृत व्यक्ति छनौट गरेको थियो ।

यस वर्षबाट राष्ट्रिय स्रष्टा सम्मानको अगाडि गीतकार अमर वान्तवा राईको नाम जोड्दै ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७४’ प्रदान गर्ने निर्णय गरेको छ ,गीतकार संघ नेपालले । गीतकार राईले गीतकार संघ नेपालको कोषमा १५ लाख रुपैयाँ राख्दै कोष बृद्धि गरिदिएकोमा संघले उक्त निर्णय गरेको संघका महासचिव शुभ मुकारुंग  बताए ।  महासचिव शुभ मुकारुंगका अनुसार यो पटक राष्ट्रिय स्रष्टा सम्मान गीतकार कालीप्रसाद रिजाललाई दिने निर्णय गरिएको छ। रिजाल ४ दशकदेखि गीतिकारितामा क्रियाशील रहदैआएका छन् ।  रिजाललाई १००००१ नगद राशिसहित सम्मान गरिनेछ ।

५१ हजार नगद राशिको वर्ष गीत पुरस्कारका लागि भने १० जना छनोटमा परेका छन् । अम्विका गुरुङ , किरण केसी क्रोधी , गणेश श्रेष्ठ अपेक्षा , नूतन भुसाल , प्रकाश केसी , पवित्रा राई , वसन्तराज अज्ञात , डा. राजुबाबु श्रेष्ठ, , राजु थापा  र सुमन वैरागी छन् ।

त्यस्तै, ५१ हजार नगद राशिकै वर्ष गीत पुस्तक पुरस्कारका लागि सुमन श्रापित, जानुका राई,   र पूर्णबहादुर साउद  छनोटमा परेका छन् । एक सर्वोत्कृष्ट गीतकार कार्यक्रमकै दिन घोषणा गरिने संघले जनाएको छ ।

सुमन श्रापित

जानुका राई

पूर्णबहादुर साउद

त्यसैगरी यस वर्षको डायस्पोरा गीतकार सम्मानबाट गीतकार राखि गौचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । गीतकार गौचनलाई ११,०००। नगद राशिसहित सम्मान गरिने संघले जनाएको छ ।

राखि गौचन