फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८आजदेखि सुरु

युरोपेली राष्ट्र रसियाको ११ सहरमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ आज सुरु  हुँदैछ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । विश्वकपमा ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।

फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले  विश्वकपमा दिइने पुरस्कार राशी चालिस करोड अमेरिकी डलर अर्थात ४३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ रहेको छ। यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढी हो। ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अमेरिकी डलर पाएको थियो । यो पटक विजेताले ३८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब भन्दा बढी नेपाली रकम पाउनेछन्। त्यसैगरी उप–विजेताले २८ मिलियन डलर पाउनेछन्। यसअघि ब्राजिल विश्वकपको उपविजेता अर्जेन्टिनाले २५ मिलियन अमेरिकी डलर पाएको थियो। यस्तै तेस्रो हुनेले २४ मिलियन अमेरिकी डलर तथा चौथो हुनेले २२ मिलियन अमेरिकी डलर पाउने छन्। यस्तै क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६-१६ मिलियन डलरका दरले पुरस्कार पाउनेछन्। प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिमले १२-१२ मिलियन अमेरिकी डलरका दरले पाउनेछन् भने यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८-८ मिलियन पाउनेछ्न।

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ । ३२ राष्ट्रलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइने छ। रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ । विश्वकप खेल्ने देशमा युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीटजरल्याण्ड, क्रोयसिया, स्वीडेन र डेनमार्क गरी १४ देश छन् ।एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरी ५ देश छन् । अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्को गरी ५ देश छन् । उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा छन् । यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु सहभागी हुँदै छन् ।

समूह विभजन

  • समूह एः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे
  • समूह बीः  पोर्चुगल, स्पेन, मोरक्को र ईरान
  • समूह सीः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क
  • समूह डिः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया
  • समूह ईः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया
  • समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) समूह जीः बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत
  • समूह एचः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान

नेपाली समयअनुसार यस्तो छ खेल तालिका

३१ जेठ, २०७५

राति ८ः४५ – रुसविरुद्ध साउदी अरेबिया, पहिलो समूह

१ असार, २०७५

बेलुका ५ः४५ – इजिप्टविरुद्ध उरुग्वे, पहिलो समूह
राति ८ः४५ – मोरक्कोविरुद्ध इरान, दोस्रो समूह
राति ११ः४५ – पोर्चुगलविरुद्ध स्पेन, दोस्रो समूह

२ असार, २०७५

बेलुका ५ः४५ – फ्रान्सविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह
बेलुका ६ः४५ – अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड, चौथो समूह
राति ९ः४५ – पेरुविरुद्ध डेनमार्क, तेस्रो समूह
राति १२ः४५ – क्रोयसियाविरुद्ध नाइजेरिया, चौथो समूह

३ असार, २०७५

बेलुका ५ः४५ – कोस्टारिकाविरुद्ध सर्बिया, पाँचौ समूह
राति ८ः४५ – जर्मनीविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५

बेलुका ५ः४५ – स्वीडेनविरुद्ध दक्षिण कोरिया, छैटौं समूह
राति ८ः४५ – बेल्जियमविरुद्ध पानामा, सातौं समूह
राति ११ः४५ – ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड, सातौं समूह

५ असार, २०७५

बेलुका ५ः४५ – कोलम्बियाविरुद्ध जापान, आठौं समूह
राति ८ः४५ – पोल्याण्डविरुद्ध सेनेगल, आठौं समूह
राति ११ः४५ – रुसविरुद्ध इजिप्ट, पहिलो समूह

६ असार, २०७५

बेलुका ५ः४५ – पोर्चुगलविरुद्ध मोरक्को, दोस्रो समूह
राति ८ः४५ – उरुग्वेविरुद्ध साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५ – इरानविरुद्ध स्पेन, दोस्रो समूह

७ असार, २०७५

बेलुका ५ः४५ -डेनमार्कविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह
राति ८ः४५ – फ्रान्सविरुद्ध पेरु, तेस्रो समूह
राति ११ः४५ – अर्जेन्टिनाविरुद्ध क्रोयसिया, चौथो समूह

८ असार, २०७५

बेलुका ५ः४५ – ब्राजिलविरुद्ध कोस्टारिका, पाँचौं समूह
राति ८ः४५ – नाइजेरियाविरुद्ध आइस्ल्याण्ड, चौथो समूह
राति ११ः४५ – सर्बियाविरुद्ध स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार, २०७५

बेलुका ५ः४५ – बेल्जियमविरुद्ध ट्युनिसिया, सातौं समूह
राति ८ः४५ – दक्षिण कोरियाविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – जर्मनीविरुद्ध स्वीडेन, छैटौं समूह

१० असार, २०७५

बेलुका ५ः४५ – इंग्ल्याण्डविरुद्ध पानामा, सातौं समूह
राति ८ः४५- जापानविरुद्ध सेनेगल, आठौं समूह
राति ११ः४५ – पोल्याण्डविरुद्ध कोलम्बिया, आठौं समूह

११ असार, २०७५

बेलुका ७ः४५ – उरुग्वेविरुद्ध रुस, पहिलो समूह
बेलुका ७ः४५ – साउदी अरेबियाविरुद्ध जापान, पहिलो समूह
राति ११ः४५ – स्पेनविरुद्ध मोरक्को, दोस्रो समूह
राति ११ः४५ – इरानविरुद्ध पोर्चुगल, दोस्रो समूह

१२ असार, २०७५

बेलुका ७ः४५ – अस्ट्रेलियाविरुद्ध पेरु, तेस्रो समूह
बेलुका ७ः४५ – डेनमार्कविरुद्ध फ्रान्स, तेस्रो समूह
राति ११ः४५ – नाइजेरियाविरुद्ध अर्जेन्टिना, चौथो समूह
राति ११ः४५ – आइस्ल्याण्डविरुद्ध क्रोयसिया, चौथो समूह

१३ असार, २०७५

बेलुका ७ः४५, दक्षिण कोरियाविरुद्ध जर्मनी, छैटौं समूह
बेलुका ७ः४५, मेक्सिकोविरुद्ध स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बियाविरुद्ध ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विट्जरल्याण्डविरुद्ध कोस्टारिका, पाँचौं समूह

१४ असार, २०७५

बेलुका ७ः४५ – जापानविरुद्ध पोल्याण्ड, आठौं समूह
बेलुका ७ः४५ – सेनेगलविरुद्ध कोलम्बिया, आठौं समूह
राति ११ः४५ – पानामाविरुद्ध ट्युनिसिया, सातौं समूह
राति ११ः४५ – बेलायतविरुद्ध बेल्जियम, सातौं समूह

अन्तिम १६ का खेलहरु नेपाली समयअनुसार बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

क्वार्टरफाइनल खेलहरु पनि बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

सेमिफाइनल खेल राति ११ः४५ बजे हुने छ ।

फाइनल खेल राति ८ः४५ बजे हुने छ ।