विश्वकप फुटबलको भब्य उदघाटन:रसियाको शानदार सुरुवात

विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार राति सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । समारोहमा रसियन कलाकारहरुले विशेष प्रस्तुति दिएका छन् । प्रतियोगितामा ३२ राष्ट्र सहभागी सहभागी छन्। मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको थियो  । २१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता पनि हो । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो ।

२१ औँ सस्ंकरणको विश्वकप फुटबल प्रतियोागिता अन्तरगत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ । लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

समूह ए को पहिलो खेलमा रसियाले साउदी अरेबियामाथि गोलबर्षा गर्ने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो । रुस विश्वकपको पहिलो गोल युरी गाजिन्स्कीको नाममा दर्ता भएको छ ।  उसका लागि पहिलो गोल खेलको १२ औँ मिनेटमा युरी गाजिन्सकीले हेडमार्फत् गरेका थिए । अधिकांश घरेलु दर्शकले भरिएको मैदानमा देशका लागि तथा यो विश्वकपमा समेत गाजिन्सकीले पहिलो गोल गर्दै नयाँ रेकर्ड बनाए । गोलेभिनले दिएको पासमा उनले हेड गोल गरेका हुन् ।

पहिलो हाफमा नै रुसका लागि दोस्रो गोल भएको छ । यो गोल भने डेनिस चेरसेवको नाममा रहृयो । त्यसपछि खेलको ४३ औँ मिनेटमा डेनिस चेरय्स्भले रोमान जोबिनको पासमा गोल गर्दै अग्रता २–० मा पुर्याए । रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत  गरे । उनले एलेकसानद्रको पासलाई क्रसबाट गोलमा परिणत गरेका थिए । उनी ७० औं मिनेटमा फेदोर सेमोलोभको सट्टामा मैदान छिरेका थिए । यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेटको अतिरिक्त समयको पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रसियाका देनिश चेरोसेभले डिबक्सको दाँयाबाट ‘लेफ्ट फुट सट’ हान्दै चौथो गोल गरे । उनलाई ७१ औं मिनेटमा गोल गरेका आर्तेमले हेडमार्फत पास दिएका थिए।

थप समयको अन्तिम मिनेटमा साउदीका तेसिल अल जासमले फल गरेपछि रशियाले पाएको फ्रि-किकलाई सदुपयोग गर्दै एलेकसान्दर गोलोभिनले रसियाका लागि ५ औं गोल गरे । खेलको ८८ औं मिनेटमा रसियाका एलेकसान्दर गोलोभीनले फल गरेपछि यस विश्वकपको पहिलो पहेलो कार्ड खाए भने साउदीका जासमले दोस्रो पहेलो कार्ड पाए । जीतसँगै रशियाले आफ्नो समूहमा महत्वपूर्ण ३ अंक बटुलेको छ। रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो । उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन ।

प्रतियोगिताअन्तर्गत शुक्रबार ३ खेलहरू हुँदैछन् । शुक्रबारको पहिलो खेलमा साँझ ५ः४५ मा इजिप्ट र उरूग्वे, बेलुकी ८ः४५ मा मोरक्को र इरान तथा राती ११ः४५ मा पोर्चुगल र स्पेनले प्रतिस्पर्धा गर्नेछन् ।