इजिप्टविरुद्ध उरुग्वेको जीत

विश्वकप फुटबलको शुक्रबार भएको पहिलो खेलमा इजिप्टविरुद्ध उरुग्वेले जीत निकालेको छ । ९० औं मिनेटमा उरुग्वेका जोसे जिमेन्जले गोल गरे । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए ।


मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेल्यो । अन्तिम समयसम्म उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो । दोस्रो हाफमा उरुग्वेले गरेको केही उत्कृष्ट प्रहारहरु गोलमा परिणत हुन सकेन ।

स्टार खेलाडीहरु काभानी र स्वारेजले पहिलो हाफमा कमजोर खेल खेले पनि दोस्रो हाफ राम्रो रहृयो । इजिप्टले पाएका केही अवसर सदुपयोग गर्न सकेन । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग प्रतिस्पर्धात्मक खेल खेल्यो । उरुग्वेले गरेका १५ प्रहारमा ४ प्रहार मात्र इजिप्टको पोस्टमा गयो । इजिप्टले गरेका ८ प्रहार मध्ये ३ मात्र पोस्टको दिशामा थियो । खेलमा उरुग्वेले पाँच कर्नर पाउँदा इजिप्टले एउटै कर्नरको अवसर पाएन ।