लोक आधुनिक गीत ‘ गैह्री खेत’ सार्बजनिक

लोक आधुनिक गीत ‘ गैह्री खेत’ सार्बजनिक भएको छ। युट्युभमार्फत सार्वजनिक भएको यो गीतमा मणिराज काफ्लेको स्वर र संगीत छ । मिठो लयमा गीत बनाईएको छ। कम्पोजिसनमै लोक परम्परालाई आधुनिक पन दिने प्रयास गरिएको छ। यसमा काफ्ले सफल पनि देखिएका छन् । उनलाई नबराज ढकालले पनि यस्तै प्रकृतिको शब्द रचना गरिदिएका छन् । लेखन पनि लोकपनकै शब्दले भरिएको छ।

गीतको म्युजिक भिडियो पनि लोक आधुनिक परम्परालाई मिश्रण गरेरै बनाएको छ । समसामयिक बनाउने कोशिस गरिएको छ । आसारे संस्कृति झल्काउने जमर्को गरिएको छ । रोपाई दृश्यले गीतलाई जीवन्तता दिएको छ । भिडियोमा कलाकारको प्रस्तुति पनि चर्चा योग्य नै छ । उमेश, सुरेश,शैलेन्द्र,रोहित,महेश,मणि,दिपक, दीपा,अनिशा, रेणु, रश्मी र सुषमाको अभिनय नृत्य गज्जबले जमेको छ ।

भिडियोलाई निर्देशन गरेका छन् उमेश कुमार केसीले । उनलाई निर्देशनमा सधाउने काम गरेका छन् बिनोद केसीले । राम्रा दृश्य बटुल्ने काम गरेका छन् छायाकार प्रवेश पोखरेलले । सम्पादनमा सुरेश श्रेष्ठले पनि कमाल देखाएका छन् । खुल्दुली मिडिया हाउसको लागि सुरेश कार्की   र शैलेन्द्र केसीले निर्माण गरेको यो गीतले लेक शैली मनपराउनेहरुलाई राम्रो मनोरन्जन दिनेकुरामा दुईमत छैन ।