मेगा म्युजिक साँझ नारायणगढमा असार २ गते हुने

हरिश माथेमा ,बबिन प्रधान, संजय श्रेष्ठ,भिम तुलाधर ,जेम्स प्रधान, सचिन रौनियार,ज्योति घिमिरे ,कबिन्द्र श्रेष्ठ ( स्काई ब्यान्ड ), पुनम प्रधान,बिन महर्जन ,बिश्व प्रधान,उदेश श्रेष्ठको साथै  क्रस रोड ब्यान्डलाई लिएर रोटरी क्लव अफ नारायणगढको आयोजनामा ‘मेगा म्युजिकल कन्सर्ट हुने भएको छ ।

आगामी असार २ गते नेपाली पप संगीतका हस्तीहरू आफ्नो सदाबहार सुपर हिट गीतहरू लिएर नारायणगढ पुग्नेछन् । आयोजकले विशुद्ध च्यारिटी शो कार्यक्रम रहेको र कार्यक्रमबाट संकलित रक़म चेपांङ समुहको स्वास्थ्य र शिक्षाको लागि खर्च गरिने बताएको छ । साधारणतया प्राय कन्सर्टहरू कमर्सियल हुने र आफ्नो प्रस्तुति बापत पारिश्रमिक लिइने भएपनि यस कार्यक्रममा भने आफ्नो प्रस्तुतिबाट आएको पारिश्रमिक चेपाङ समुहको स्वास्थ्य र शिक्षाको निम्ति सहयोग गरिने  कलाकारहरूले बताएका छ्न । सेन्ट्रल पाल्म होटलमा साँझ ५ बजे कार्यक्रम सुरु हुनेछ ।