सन्जीवनी र नारायणको जोडदार प्रस्तुति:अंगालोमा बाधि राख

                                                                          अंगालोमा बाधि राख आफ्नो बनाई मलाई
                                                                             नपरोस छुट्न हामी आगोले नजलाई 

यो मिठो प्रेम प्रणयको गीतमा भारतिय गायिका सन्जीवनी र डायसपोराका नेपाली गायक नारायण धितालको स्वर छ। गीतको भाब र संगीतको मर्म अनुसार गायनमा यो जोडीले जोडदार प्रस्तुति दिएका छन् । गीतकार नृप्रेश उप्रेती पनि डायसपोरामै बसेर नेपाली गीतिकारितामा कलम चलाउदै आएका देखिन्छन् । उनको कल्पनाशिलता र लेखन गीतमा तारिफ योग्य छ।

नेपालमा जन्मिएर कर्म गर्न मुम्बई पुगेका शिखर सन्तोषको संगीत  गीतमा छ । उनी पनि  गीतमा आफ्नो भाब अनुसारको गायकी निकाल्न सफल भएका छन् । मिठो गवाउन उनी माहिर छन् भने कुरा गीतले प्रमाणित गरेको छ ।

शिखर सन्तोष

गीतकार नृप्रेश उप्रेती

गायक नारायण  गीतमा मज्जाले खुलेका छन् । उनको गलालाई  गीत सुहाएको पनि छ । कुनै व्यबसाहिक गायकभन्दा कमजोर देखिदैन उनको क्षमता र प्रतिभा । मिठो स्वर र राम्रो प्रतिभा आफुमा रहेको सिद्ध गरेका छन् ।

गायक नारायण धिताल

सन्जीवनीको  गायनकला र प्रतिभासंग नेपाली संगीत क्षेत्र चिरपरिचित छ । भारतिय संगीतमा भन्दा ठूलो नाम नेपाली संगीतमा छ उनको । मिठो आवाज रहेकाले धेरै नेपाली उनका शुभचिन्तक छन् । दर्जनौले उनीसंग युगल गीत गाएका छन् । अब यो पक्तिमा नारायण पनि थपिएका छन् । बेल्जियममा रहदै नेपाली गायनमा रम्दै आएका उनका पनि शुभचिन्तक नेपालमा बढ्दै गईरहेका छन् । यस्तै राम्रा राम्रा गीत पस्कदै जाने हो भने एकदिन नारायण पनि नेपाली गायनको शिखरमा नै पुग्ने छन् ।

गायिका सन्जीवनी

गीतको भिडियो पनि तारिफ योग्य छ ।अभिषेक थापा र लिसा सुनारको जोडी चिटिक्क परेको देखिन्छ । एउटा दक्ष कलाकारमा हुनु पर्ने सबै पक्ष यो जोडीमा देखिन्छ । मिठो अभिनय र आकर्षक चेहराले यो गीतलाई चित्ताकर्षक बनाउन सफल छ जोडी । मोहन कार्कीको कोरियोग्राफी दमदार छ । दिपेश रेग्मीको निर्देशन र सम्पादन पनि सबल छ । गीतलाई उनले पुर्णरुपमा न्याय गरेका छन् । म्युजिक भिडियो स्कटल्याण्डमा छायाकंन गरिएको छ । राम्रा दृश्य र लोकसेन सिटेमाटोग्राफर फौस्टस टलक्कले समेटिदिएकाले गीत अझ खदिलो बनेको छ ।

अभिषेक थापा र लिसा सुनार