पेनाल्टिमा चुक्यो पेरु

युसुफ युरारेको गोलमा डेनमार्कले विश्वकपको आफ्नो पहिलो खेलमा शनिबार पेरुलाई १–० हराएको छ । खेलको ५९ औं मिनेटमा युरारेले गरेको गोल निर्णायक बन्दा पेरु पहिलो खेलमा निराश बन्नु पर्यो । पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो ।

युरारेले कुयुभालाई पेनाल्टी बक्समा फाउल हानेपछि पेरुले पेनाल्टी पाएको थियो । सुरुमा पेनाल्टी नदिएका गाम्बियाका रेफ्री बाकरी पापा गासामाले भिएआरपछि पेरुलाई पेनाल्टी दिएका थिए । पेरुले दोस्रो हाफमा पटक पटक गोलको अवसर पाएपनि सफलता भने पाउन सकेन ।

समूह ‘सी’मा फ्रान्स र डेनमार्कको समान ३ अंक भएको छ । पेरु र अस्ट्रलिया अंक बिहिन छन् । यसअघि आज भएकै खेलमा भिएआर प्रणालीमा फ्रान्सले गोल गरेको देखिएपछि अस्ट्रेलियालाई २–१ ले हराएको थियो ।