क्रोएशियालाई आत्मघाती गोल उपहार

विश्वकपको समूह डीको दोस्रो खेलमा क्रोएशियाले नाइजेरियालाई २-० ले हराएको छ । नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा क्रोएशियालाई आत्मघाती गोल उपहार दिएका थिए । नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल हाने । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका थिए । त्यसपछि ७१ औं मिनेटमा लुका मोडि्रचले पेनाल्टीमार्फत गोल गरे । कालिनिग्राद स्टेडियममा भएको यो खेलमा विलियम इकोकले ७१ औं मिनेटमा मोजुकिचलाई डिबक्सभित्र लडाएका थिए । त्यसपछि रेफि्रले क्रोएशियालाई पेनाल्टी दिए । यो अवसरलाई लुकाले सदुपयोग गरे र बललाई जाली चुमाए ।खेलको निर्धारित समय सकीन केहि मिनेट बाँकी रहँदा आक्रामक बनेको नाइजेरीया खेलमा भने फर्कन सकेन । शनिबारको हारसँगै नाइजेरीयाको अर्को चरणको यात्रा कठिन बनेको छ।

विश्वकपमा नाइजेरिया र क्रोएशिया पहिलोपटक आमनेसामने भएका थिए । तर, नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले ५ कर्नर प्रहारको अवसर पाएको थियो । फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् । क्रोएशियाले हालसम्म चार पटक विश्वकपमा भाग लिएको छ । यसक्रममा १७ खेल खेलेको उसले ८ मा जित र ७ मा हार व्यहोरेको छ । दुई खेल ड्र भएको छ । यसैगरी नाइजेरियाले विश्वकपमा ६ पटकसम्म भाग लिएको छ । उसले १९ म्याच खेल्दा केबल ५ मा जित निकालेको छ । ११ खेल हार्दा ३ खेल बराबरी भएका छन् ।

विश्वकप २०१८ मा आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार पहिलो खेल कोस्टारिका र सर्वियाबीच पौने ६ बजे, दोस्रो खेल जर्मनी र मेक्सिकोबीच बेलुका पौने ९ बजे तथा तेस्रो खेल ब्राजिल र स्वीटजरल्याण्डबीच राति पौने १२ बजे हुने छ ।