बराबरीमा रोकिए अस्ट्रेलिया र डेनमार्क, डेनमार्कले जोड्यो चार अंक

विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्कले एक/एक गोलको बराबरी खेलेका छन् । डेनमार्कका लागि क्रिष्टियन इरिकसनले  खेलको सातौँ मिनेटमा नै दिलाएको अग्रता ३७ मिनेटसम्म मात्रै टिक्यो । ३९ औँ मिनेटमा पेनाल्टी पाएपछि अस्ट्रेलियाका लागि माइल जेदिनाकले  सुन्दर गोल गरे। अस्ट्रेलियाको पेनाल्टी गरेपछि खेल १-१ बराबरीमा टुंगिएको हो। डेनमार्कका लागि  सातौं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गरेका थिए। फ्रान्ससँग पहिलो खेल २-१ ले गुमाएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेसँगै अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १-० ले हराएको थियो ।

खेलमा ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको अस्ट्रेलियाले प्रहार गरेका १२ सटमा ३ वटा मात्रै पोस्टको दिशामा थिए । डेनमार्कले खेलमा ८ सट प्रहार गरेकोमा ४ वटा सट पोस्टको दिशामा थिए ।अस्ट्रेलियासँग बराबरी खेलेसँगै डेनमार्कलाई अन्तिम १६ मा पुग्न सजिलो भएको छ।