अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्यान्डलाई नाइजेरियाले हरायो

अहमेद मुसाले दुई गोल गरेपछि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्यान्डलाई नाइजेरियाले पराजित गरेको छ । भोल्गोग्राड स्टेडियमा भएको खेलमा नाइजेरियालाई जिताउन मुसाले २ गोल गरे। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नाइजेरियाले अग्रता बनाएको थियो। रुस विश्वकपमा पहिलो जितसँगै उसको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । गेल्फी सिगुडसन भने पेनाल्टीमा चुक्दा आइसल्याण्ड नाइजेरियासँग २–० ले पराजित भएको हो । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले भने पहिलो हार हो ।