स्वीट्जरल्यान्डको उत्कृष्ट पुनरागमन

 उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी गरेको स्वीट्जरल्यान्डले दोस्रो खेल भने जितेको हो ।

ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेको खेलमा जेर्डन सेकिरीले निर्णायक गोल गरेका थिए । झाकाले टाढाबाट गोल गरेका थिए भने सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई अग्रता दिलाएका थिए । स्वीट्रल्यान्डको  जित पछि समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ । त्यसैले नकआउट चरण पुग्ने दुई टोलीको भविश्य अन्तिम खेलसँग सम्बन्धित छ। अब अन्तिम दुई खेलमा ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टारिकाको सामना गर्नेछ।