बेल्जियमको ट्युनिसियामाथि सहज जित

विश्वकप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे ।खेलको छैठौं मिनेटमा आफैंले जितेको पेनाल्टी मार्फत गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले पहिलो हाफमा एक गोल फर्काएको थियो । ट्युनिसियाका लागि डिलन ब्रोनले गोल गरेका थिए । तर लुकाकुले पहिलो हाफको अन्तिम समयमा फेरी गोल गर्दै स्कोर ३-१ पार्दै विश्वकप २०१८ मा आफ्नो चौथो गोल गरे ।दोस्रो हाफमा हाजार्डले फेरी गोल गर्दै स्कोर ४-१ बनाए भने परिवर्तित खेलाडी मिची ब्याटसुवायीले इन्जुरी समयमा बेल्जियमको पांचौं गोल गरे । खेल सकिन केहि क्षण बाकिं छंदा ट्युनिसियाका वाबि खाज्रिले ट्युनिसियाका लागि सान्तवना गोल गरे ।यससंगै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ भने रोमेलु लुकाकु ४ गोलसंगै गोल्डेन बुटको दौडमा रोनाल्डोसंगै उभिएका छन् ।