मेक्सिकोसँग २-१ ले हार्‍यो दक्षिण कोरिया

खेल सुरु भएको पहिलो मिनेट देखि नै विपक्षी पोस्ट्मा आक्रमण बुनेको मेक्सिकोले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई २-१ गोलले पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण कोरिया मेक्सिकोसँग पराजित भएको हो। पहिलो हाफको २४औं मिनेटमा कोरियाका हुयोन सो जाङले डीबक्सभित्र फल खेलेपछि रेफ्रीले मेक्सिकोलाई पेनाल्टी प्रहारको अवसर दिए। कार्लोस भेलाले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए।

पहिलो हाफमा १-० गोलले पछि परेको दक्षिण कोरियाले आक्रामक खेल खेल खेल्यो। लगातार विपक्षी पोस्ट्मा प्रहार गरेको कोरिया फिनिसिङमा कमजोर देखिँदा दोस्रो हाफको ६६औं मिनेटमा मेक्सिकोले अग्रता दोब्बर बनायो। हार्भिङ लोजानोले उपलब्ध गराएको सुन्दर पासमा गोल गर्दै जाभियर हर्नान्डेजले मेक्सिकोलाई २-० को अवस्थामा पु¥याए। त्यसपछि ९० मिनेटसम्म कतैबाट गोल हुन सकेन। थपिएको समयको तेस्रो मिनेटमा कोरियाका लागि मिन सुनले उत्कृष्ट गोल गरे।

मेक्सिकोले समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजीत गरेको थियो।आजको खेलमा कोरियालाई पराजीत गरेसँगै मेक्सिको लागि नकआउट चरण प्रवेश सहज भएको छ। कोरिया भने एक खेल बाँकी छँदै घर फर्किने सुनिश्चित भएको छ। समूह चरणमा स्वीडेनसँग भिडेको दक्षिण कोरियालाई स्वीडेनले पेनाल्टीबाट हार चखाएको थियो।