पोल्यान्डमाथि कोलम्बियाको जित, नकआउट चरण पुग्ने सम्भावना जीवित

रुसमा जारी फिफा विश्वकपको समूह ‘एच’ अन्तरगत आइतबार राति भएको खेलमा कोलम्बियाले पोल्याण्डमाथि प्रभावशाली जित निकालेको छ ।
पहिलो खेलमा जापानसँग पराजित भएको कोलम्बियाले पोल्याण्डमाथि ३–० को प्रभावशाली जित निकाली अन्तिम १६ मा पुग्न बलियो दाबेदारी प्रस्तुत गरेको छ ।  कोलम्बियाको जितका लागि यरी मिनाले ४० औं मिनेटमा फाल्कोले ७० औं मिनेटमा र जुआन चुड्राडोले ७५ औं मिनेटमा गोल गरे ।

जित पछि ३ अंक बनाएको कोलम्बिया समूह एचको तेस्रो स्थानमा रहेको छ । ४-४ अंक रहेका जापान र सेनेगल पहिलो र दोस्रो स्थानमा रहेका छन् ।  लगातार २ खेल हार व्यहाेर्दा अंकविहीन भएको पोल्याण्ड भने, प्रिक्वाटरफाइनलको दौडबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि क्वार्टरफाइनलमा पुग्ने छ । यदि बराबरीमा रोकिएको खण्डमा भने जापान र पोल्यान्डबीचको नजितापछि अघिल्लो चरण पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।

४० औं मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए । फाल्काओले ७० औं मिनेटमा गोल गरे । चोट कारण अघिल्लो विश्व कप गुमाएका फाल्काओको विश्व कपमा त्यो पहिलो गोल हो । ७५ औं मिनेटमा कोड्राडोले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । रोड्रिग्वेजको चलाखीपूर्ण पासमा बलअघि बढाउँदै कोड्राडोले गोल गरेका थिए ।