गायिका सुशिला पाठकको म्युजिक भिडियो सार्वजनिक

अमेरिका प्रवासमा रहेर नेपाली गीतमा राम्रो लगानी गरिरहेकी गीतकार अम्बिका गुरुङ र नेपाली गायनमा अमिट छाप छाडेर दीर्घकालमा राम्रो गायिका बन्छु भनेर लागिपरेकी गायिका सुशिला पाठक अनि नेपाली संगीतमा आफ्नो कमाल देखाईसकेका संगीतकार शीलाबहादुर मोक्तानको संयुक्त कोसेली ‘ म त नेपाली’ बोलको गीत भिडियो सहित भाव सागर इन्टरनेन्टमेन्टको अफिसियल युट्युभ साईटबाट सार्वजनिक गरिएको छ ।

गीतकार अम्बिका गुरुङ 

                                                                      म त आजकलकी केटी तर मेरो मन त नेपाली
                                                                      म त नाची हिड्छु झ्याउरे गीतमा
                                                                      म त गाउदै हिड्छु असारे भाकामा
                                                                      नेपाली संस्कृति झल्काउदै घनघन मादल घन्काउदै
                                                                       वारुले कम्मर मर्काउदै  वारुले कम्मर मर्काउदै

 

यस्ता मिठा शब्द गीतकार अम्बिकाले यो गीतमा कोरेकी छिन् । सुरिलो र मिठो स्वरमा सुशिलाले गाएकी छिन् । क्रमश उनको स्वरले परिमार्जन पाउदै गएको छ । अधिल्ला गीतमा भन्दा अझ राम्रो खुलेकी छिन् उनी। संगीत सिर्जनामा पनि शीलाबहादुर मोक्तानले कुनै कसर छाडेका छैनन्। संगीत संयोजन पनि चिटिक्क र गहकिलो छ । रेकडिष्ट प्रकाश खरेलले पनि गज्जबको तारिफ योग्य काम गरिदिएका छन् ।

 संगीतकार शीलाबहादुर मोक्तान

गायिका सुशिला पाठक

म्युजिक भिडियोटिम

राम्रो लोकेशनमा राम्रा मोडल र कोरस डान्सर प्रयोग गरेर भिडियो निर्देशक समन अधिकारीले तारिफ योग्य म्युजिक भिडियो बनाएका छन् ।जुना सुन्दास र गायिका सुशिलाले पनि राम्रो डान्स र अभिनय गरेका छन् । गीत अनुसारको भिडियो बनेको छ ।ड्रोनको समेत प्रयोग गरेर भिडियो खिचिएको छ । अनिल कटवालले ड्रोनको कमाल देखाएका छन् ।ज्ञानेन्द्र शर्मा र निरोज श्रेष्ठले आफ्नो क्यामरा मार्फत राम्रा दृश्य कैद गरेर भिडियोलाई जिवन्त बनाएका छन् । विकास ज्ञवालीले भिडियोका दृश्यलाई कमालसंग काटकुट पारेर राम्रो सम्पादन गरेका छन् ।समग्रमा भिडियो राम्रो बनेको छ ।
राम्रो शब्द मिठो स्वर अनि सुनौ सुनौ सुरतालले गीतलाई गर्भिलो बनाईदिएको छ ।