चाहे अनुसारको परिणाम निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

नाइजेरियाविरुद्धको जित्नै पर्ने खेलमा चाहे अनुसारको परिणाम निकाल्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना विश्वकप फटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो। यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे ।

अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गरे । मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने बाटो खोलेका थिए । तर, बल पोजेसन ६६ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेको अर्जेन्टिनाले खेलको ५१ औँ मिनेटमा पेनाल्टीको सामना गर्नुपर्यो । नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए ।अर्जेन्टिनाका मस्चिरानोले नाइजेरियाका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा मोसेसले सहजै गोल गर्दै  बराबरीमा ल्याएका थिए। खेलको ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई अति महत्त्वपूर्ण जित दिलाए ।