स्वीडेनले मेक्सिकोमाथि ३–० को शानदार जीत

स्वीडेनले मेक्सिकोमाथि ३–० को शानदार जीत हासिल गरेको छ । पछिल्लो पटक स्वीडेन र मेक्सिको सन् १९५८ को विश्वकपमा भिडेका थिए जसमा स्वीडेन ३–० ले नै विजयी भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको शुरुवात सँगै लुडविन अगस्टिनसनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए ।त्यसपछि खेलको ६२ औँ मिनेटमा आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीबाट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको अवस्थामा खेलको ७४ औँ मिनेटमा एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि मेक्सिकोको पीडा झन् थपियो । जीतसँगै स्वीडेन र मेक्सिकोको समान ६–६ अंक भए पनि गोल अन्तरको आधारमा स्वीडेन समुह विजेता बनेको छ । हारको बावजुद मेक्सिको समूहको उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।