ब्राजिल अन्तिम १६ मा प्रवेश

रुसमा जारी फिफा विश्वकपको समूह  ‘र्इ’ अन्तरगत बुधबार रातिको खेलमा सर्बियामाथि सहज जित हात पार्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । सर्बियालाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बन्दै प्रिक्वाटर फाइलनमा स्थान सुरक्षित गर्न सफल भएको हो । ब्राजिलको जितका लागि मिडफिल्डर कोउटिन्होले ३६ औं मिनेटमान गोल गरे भने थिएगो सिल्भाले ६८ औं मिनेटमा  गोल गरे । खेलमा ब्राजिलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै निरन्तर आक्रमण गरेको थियो ।

खेलअघिसम्म सर्बिया आक्रमक देखिएको थियो । उसका प्रशिक्षकले पनि केही पनि असम्भव छैन भनेका थिए भने स्ट्राइकर मिट्रोभिकले बजिललाई किन नहराउने भनेका थिए ।पहिलो खेलमा स्वीटजरल्याण्डसँग १–१ बराबरीमा रोकिएको ब्राजिल दोस्रो खेलमा कोष्टारिकाविरुद्ध इन्जुरी टाइममा मात्र गोल गर्न सकेकाले पनि सर्बिया आशावादी थियो । तर, ब्राजिलका प्रशिक्षक टिटेले फर्नान्डिन्हो र पाउलिन्होलाई खेलाए, जसले उसको मिडफिल्ड निकै मजबुत देखियो ।

खेलमा अग्रता पनि पाउलिन्हाले नै दिलाए । काउटिन्हाको पासमा उनले ३६ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरूवाति १५ मिनेटमा ब्राजिलले यो अग्रता जोगाउन निकै मेहनत गर्नु परेको थियो । आक्रामक  खेल खेलेको सर्बियाका मिट्रोभिकलार्इ ब्राजिलियन डिफेन्डरहरूले पोष्टमा धाबा बोल्ने अबसर नै दिएनन् भने उनको डेड बललार्इ गोलकिपरले सहजै नियन्त्रणमा लिए । खेलको ६८ औं मिनेटमा थिएगो सिल्भाले अग्रता दोब्बर पारेपछि सर्बियाको पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना सकियो ।