स्विट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा

समूह ‘र्इ’ कै अर्काे खेलमा स्विट्जरल्याण्डले कोस्टारिका सँग २–२ को बराबरी खेली समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।   कोष्टरिका र स्विटजरल्यान्डबिचको समूह चरणको खेल  २-२ गोलको बराबरीमा टुङ्गिएको हो। लगातार समूह चरणका खेलमा दुई हार बेहोरेको कोष्टारिकाले स्वीटजरल्यान्डलाई भने बराबरीमा रोकेको हो। यस समूहबाट कोष्टारिकासँगै सर्विया पनि नकआउट चरण पुग्न असफल भए।

आज भएको खेलमा स्वीजरल्यान्डले गोल गर्दै अग्रता लिएको थियो। खेलको ३१ औं मिनेटमा स्वीजरल्यान्डका डिजमाइलीले गोल गर्दै अग्रता दिलाएका हुन्।एक गोलले अगाडी रहेको स्वीजरल्यान्डसँग कोष्टारिकाले दोश्रो हाफमा खेलको ५६ औं मिनेटमा बराबरी गोल फर्कायो तर खेलको ८८ औं मिनेटमा डर्मिकले गोल गरेपछि स्वीटजरल्यान्डले खेलमा फेरि अग्रता लिएको थियो। कोष्टारिकाका लागि बराबरी गोल वास्टनले गरे।यसरी २-१ले पछाडी परेको अवस्थामा कोष्टारिकाले खेलको अतिरिक्त समयमा बराबरीको मौका पायो। कोष्टारिकाका लागि सो बराबरी गोल ९३ औङ मिनेटमा सोमेरले गरेका थिए।