कोलम्बिया समूह बिजेता हुँदै अन्तिम १६ मा

अफ्रिकन मुलुक सेनेगललाई हराउँदै कोलम्बिया रूसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहिबार भएको समूह चरणको अन्तिम खेलमा सेनेगललाई १-० ले हराउँदै समू विजेता भएको नकआउट चरणमा पुगेको हो ।

समारा एरिनामा भएको खेलमा कोलम्बियालाई जिताउन एरि मिनाले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७४ औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई अन्तिम १६ मा पुर्‍याएका हुन्।यो जितसँगै समूह ‘एच’ बाट कोलम्बियाले २ जितसहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर लिग चरणको अन्त्य गरेको छ। यस्तै ४ अंक जोडेको सेनेगल समूह चरणबाट बाहिरिएको छ।