अनुहार मात्र राम्रो हैन गर्दन पनि राम्रो बनाउँनुपर्छ ।

 प्रस्तुति:जुली प्याकुरेल

हामी राम्रो वा नराम्रो भन्नसाथ, कसैको अनुहार सम्झन्छौं । मानौं, समग्र सौन्दर्यको पुञ्ज भनेकै अनुहार हुन् । त्यही कारण धेरैजसो सौन्दर्य प्रसाधन पनि अनुहारकै लागि प्रयोग हुन्छन् । हामीलाई के लाग्छ भने, अनुहार राम्रो बनाउँनुपर्छ । अनुहार राम्रो बनाएपछि आफ्नो सौन्दर्य खुल्छ भन्ने भ्रम हामीलाई छ । यही भ्रमको कारण कतिले अनुहारलाई निकै मेहनतसाथ लिपपोत गर्छन्, यद्यपी उनीहरुको सौन्दर्यमा कहीँ कतै खोट देखिन्छ । आखिर किन होला ?मानिसहरु अक्सर अनुहारलाई हेरेर व्यक्तिको सुन्दरताको वयान गर्छन् । जबकी कुनै पनि मानिसहरुको सुन्दरता उसको अनुहार मात्र हैन, शरीरको हरेक अंगसित जोडिएको हुन्छ । र, शरीरका सम्पूर्ण अंग सुन्दर भएमात्र मानिसको व्यक्तित्व खुल्छ । आकर्षक देखिन्छ । स्मार्ट देखिन्छ ।

यही सुन्दरतालाई कायम राख्न मानिसहरु अनेक प्रयास गर्दछन् । तर, अनुहारलाई सुन्दर बनाउने क्रममा मानिसहरु गर्दनमा ध्यान दिन भने अक्सर विर्सन्छन् । परिणामस्वरुप,  कयौ पटक मानिसहरुको अनुहारमा भन्दा पहिले गर्दनमा चाउरीपना देखिन सुरु हुन्छ । र, यसलाई कम गर्नका लागि पनि गर्दनमा विशेष ध्यान दिन जरुरी छ ।

१. गर्दन शरीरको यस्तो अंग मध्यमा पर्दछ, जुन हरसमय खुला रहन्छ । र, धुलो, धुवा तथा सुर्यको हानीकारक विकिरणले यसलाई प्रभाव पारिरहन्छ । त्यसैले, शरीरको सुरक्षाका लागि पनि यसको सुरक्षा गर्न तथा यसलाई हाइड्रेट गर्न आवश्यक छ ।

२. प्रत्येक पटक बाहिर निस्कदा सनस्क्रिन तथा लोशनको प्रयोग गर्नु उचित हुन्छ । किनकी समय अगावै छाला चाउरी पर्नुको एउटा प्रमुख कारण भनेको सुर्यको हानीकारक विकिरण पनि हो । त्यसैले, छालालाई स्वस्थ राख्न यस्ता विकिरणबाट बचाउनु जरुरी छ ।

३. गर्दनको छालालाई कसिलो बनाउन घरेलु मास्क तथा प्याकको पनि प्रयोग गर्न सकिन्छ । बजारमा पाइने विभिन्न किसिमको प्याकको तुलनामा घरमै तयार पारिएको प्याक सुरक्षित हुनुका साथै छालाको लागि राम्रो मानिन्छ ।

.गर्दंनको व्यायामले छालालाई कसिलो बनाउन मद्दत गर्छ । यसका लागि योगा पनि गर्न सकिन्छ । योगाले छोटो समयमै छालालाई कसिलो बनाउन मद्दत गर्छ ।

५ .घाँटीको मसाजका लागि एन्टीअक्सिडेन्टयुक्त तेलको प्रयोग गर्न सकिन्छ । एन्टी अक्सिडेन्टयुक्त तेलमा नरिवल, जैतुन तथा बदामको तेल समावेश हुन्छ । यसले छालाको रुखोपना कम गर्नुका साथै छाला कसिलो बनाई छालाको चाउरीपना कम गर्छ ।