स्वरुपराज आचार्य र बबी लिम्बुको युगल स्वरमा नयाँ गीत

                                                                       फुलको वास्नासंगै जुनको ज्योतीसंगै
                                                                       यो मन गासौं भन्छ तिम्रो त्यो मनसंगै


भावना मगरको शब्द र भक्त लुंगेलीमगरको संगीतमा स्वरुपराज आचार्य र बबी लिम्बुको युगल स्वर रहेको यो गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।गायक गायिका दुवैको सुरिलो स्वर युगलरुपमा असाध्यै खुलेको छ यो गीतमा । मिठो मेलोडी र सरल तर गम्भिर भाब बोकेका शब्दहरुले गर्दा गीत तारिफ योग्य बनेको छ।अझ त्यसमाथि सुरिलो रसिलो युगल गायनले गीतलाई थप जिवन्त बनाएको छ ।


प्रवासमा रहेर पनि यस्तो गहन संगीत सृर्जना गर्ने संगीतकार भक्त लुंगेली धन्यबादका पात्र बनेका छन् ।समग्रमा गीत सबै कोणबाट राम्रो बनेको छ ।
राम्रो गीतलाई अझ राम्रो म्युजिक भिडियो बनाईदिएर निर्देशक समन अधिकारीले थप परिश्कार गरिदिएका छन् । आखॉलाई सितलता हुने गरि गीतको थप व्याख्या गर्दै उनले भिडियो बनाएका छन् । कलाकार द्वय पुष्प खड्का र जुना सुन्दासले पनि तारिफ योग्य काम गरिदिएका छन् । उत्कृष्ठ दृश्यांकन र कसिलो संपादन क्रमश निरोज श्रेष्ठ र विकास धमलाले गरिदिएकाले गीत थप राम्रो बनेको छ ।

गायक स्वरुपराज आचार्य

बबी लिम्बु

संगीतकार भक्त लुंगेली

 गीतकार भावना मगर

निर्देशक समन अधिकारी

सम्पादक  विकास धमला

छायाकार निरोज श्रेष्ठ