गाढा लिपिस्टिकको आकर्षण: बोल्ड लुक्सको लागि बरदान

 

                                                                                                 प्रस्तुति:जुली प्याकुरेल

मेकअपका विषयमा महिलाहरूको आ-आफ्नै धारणा हुने गर्छ  । मेकअपलाई लिएर जे जस्तो सोच भए पनि उनीहरूले फलो गर्न चाहने भनेको आधुनिक ट्रेण्ड नै हो । समय अनुसार चल्न सकियोस् भनेर पनि उनीहरूले आधुनिक ट्रेण्ड फलो गर्न चाहिरहेका हुन्छन् । आधुनिक ट्रेण्डमा यस्ता उत्पादन तथा रङ्गहरू पर्छन्, जसको प्रयोगले व्यक्तिको अनुहारमा हदैसम्मको परिवर्तन देखिन्छ । त्यस्ता उत्पादनहरूमध्ये गाढा रङ्गको लिपस्टिक पनि एक हो । धेरैजसो महिला गाढा रङ्गको लिपस्टिक भन्नासाथ डराउने गर्छन् । जब कि गाढा रङ्गको लिपस्टिककले  अनुहारलाई बोल्ड लुक प्रदान गर्छ । त्यसको लागि सही तथा आर्कषक रङ्गको लिपस्टिक छनोट गर्न भने जरुरी छ । जबसम्म कालो रङ्गको लिपस्टिक लगाइँदैन, तबसम्म उक्त लिपस्टिक अनुहारमा सुहाउँछ कि सुहाउँदैन भन्ने कुरा थाहा हुँदैन । अरू रङ्गको लिपस्टिकमा पनि यही कुरा लागू हुन्छ । गाढा रङ्गको लिपस्टिक लगाउँदा निम्न कुरामा ध्यान दिन निकै जरुरी छ ।

ओठमा लाइनिङ्ग गर्ने

ओठमा लिपस्टिक लगाउनु पूर्व लिप बाम लगाएर त्यसलाई मोस्चराइज गर्नु पर्छ । त्यसपछि लिप लाइनर वा लिप पेन्सिलको सहायता ओठलाई सही आकार दिनुपर्छ । ओठलाई आकार दिनको लागि लिप लाइनर वा नदेखिने खालको लिप लाइनरको प्रयोग गर्न सकिन्छ ।

राम्ररी लिपस्टिक लगाउने

ओठमा लिपस्टिकभन्दा लिप लाइनर धेरै समयसम्म टिक्छ । त्यसैले लिपस्टिक लगाउनुअघि लिप लाइनर लगाउनु पर्छ । लिपस्टिक लगाउँदा हल्का भएमा  लिप लाइनरको सहायताले यसलाई गाढा देखाउन सकिन्छ । त्यसका लागि लिपस्टिक लगाउनु पूर्व लिप लाइनर प्रयोग गर्न जरुरी छ ।

सोस्ने र फेरि लगाउने

एकपटक लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरको एउटा टुक्रालाई दुवै ओठको बीचमा राखेर बाँकी भएको लिपस्टिकलाई सोसेर त्यसमाथि पुनः एकपटक लिपस्टिक थप्न सकिन्छ । लिपिस्टिकको थप एक पत्र बनाउनाले ओठमा लिपस्टिक समान रूपले लाग्दछ ।

 लाइन बनाउने

ओठको आकार सही छैन वा सानो छ भने कन्सिलर वा लिपस्टिककै रङ्गको लिप लाइनरको मद्दतले पनि ओठलाई सही आकार दिन सकिन्छ । यसले ओठलाई आकर्षक बनाउन मद्दत गर