सेलिना कुवँर

चलचित्र नेप्टेको गीत ‘ दिलरानी’ वाट नेपाली पार्श्वगायनमा चिनिएकी गायिका सेलिना कुवँर नयॉ उत्साह बोकेर गायनमा छाउने क्रममा छिन् । खाईलाग्दो ज्यानकी धनि मात्रै हैनन सेलिना मन र सोचकी पनि धनि  छिन् । लोक, आधुनिक , पप सबै गीत गाउने क्षमता उनमा छ । बिगत ४ वर्षदेखि गायनमा संक्रिय रहदै आएकी सेलिना अब यसैलाई आफ्नो मूल करियर ठानेर अधि बढ्ने सोचमा छिन् । छोटै समयमा उदितनारायण, राजेशपायल जस्ता लोकप्रिय गायकहरुसंग युगल गीत गाएर चर्चामा आएकी उनलाई हिजोआज देश बिदेशबाट प्रशस्त निम्तो आउन थालेको छ । कुनै समय तराईको जुम्ला नामले परिचित ‘ ठोरी’ मा जन्मेर हुर्किएर नेपाली कलाकारितामा झुल्किन पुग्नु पक्कै सानो प्रगती होईन। सलिनालाई अझै लामो यात्रा तय गर्नुछ त्यसैले गायनमा आफुलाई अझै तिखार्दै छिन् । हेरौ अब उनलाई फोटोमा…..