छिन्नलता गीत पुरस्कार समर्पण समारोह सम्पन्न

स्व. गीतकार तथा गायिका रमलोदेवी शाहको ९६औ जन्मदिनको अवसर पारेर आज एक भव्य समारोह बिच  “छिन्नलता गीत पुरस्कार” गीत रचनामा ज्ञानेन्द्र गदाल , संगीत रचनामा बसन्त क्षेत्री र गायनमा संगीता राना प्रधानलाई  समर्पण गरियो । गायिका मेलिना राई र गायक संगीतकार राजनराज शिवाकोटीलाई ‘कुटुमा कुटु’ गीतका लागि संयुक्त रुपमा युवा प्रतिभा पुरस्कार समर्पण गरियो । त्यस्तै वरिष्ठ संगीतकार शान्ति ठटाल र वरिष्ठ गीतकार शिवशंकर थापालाई छिन्नलता विशेष सम्मान प्रदान गरियो । समारोहमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा उत्साहित हुदै गायिका कोमल वलीलाई समेत सम्मानित गरिएको थियो ।

समारोह छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत तथा सम्मानित सर्जक स्रष्टाहरुलाई ताम्रपत्र सहित नगद पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा कलाकारले बिभिन्न गीत तथा प्रहसन प्रस्तुत गरेका थिए । सचिब ठाकुर पराजुलीले स्वागत मन्तव्य राखेको समारोहमा पुरस्कृतका तर्फबाट गीतकार ज्ञानेन्द्र गदालले मन्तव्य राखेका थिए । कार्यक्रममा गुठीका संरक्षिका ज्योतीराज्यलक्ष्मी शाह , सह संरक्षिका प्रज्ञाराजेश्वरी सिंह दत्त ,लगायत सगीत साहित्य क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो ।