‘कायरा’ को दोस्रो रोमान्टिक गीत सार्वजनिक

साउन १८ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘कायरा’ मा समावेश दोस्रो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । फिलिपिन्समा खिचिएको गीतको भिडियोमा मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा दुबेजना एकअर्कासँग निक्कै प्रेमिल देखिएका छन्।

‘कायरा’ यतीवेला दर्शको पखाईमा रहेको चलचित्र हो । चलचित्रले सार्वजनिक ट्रेलर, गीत, संगीतबाट दर्शक माझ एक प्रकारको हाइप बनाइसकेको छ । कल्याण सिंहको संगीत रहेको गीतको शब्द संचारकर्मी नरेश भट्टराईले लेखेका हुन्, गीतमा सुगम पोखरेल र श्रेया सोताङ्गको स्वर रहेको छ । चलचित्रमा केदार भुषालको पटकथा तथा संवाद, शिवराम श्रेष्ठको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी छ । आर्यन सिग्देलकै कथा रहेको चलचित्रका कार्यकारी निर्माता राजकुमार भट्ट हुन् । कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।