तीजको पारिवारिक कोशेली ‘मिठो सम्झना’ सार्वजनिक

संगीतकार तथा गायक बी. बी. अनुरागीको परिवार पुर्णरुपमा सागीतिक छ भन्ने कुरा धेरै पहिलेदेखि सुनिदै आईएको थियो । तर आज एक समारोहमा उनले यो कुरा प्रमाणित नै गरिदिए । आफ्नै संगीतमा आमा पवित्रा रसाईली र बहिनी स्वरुपा रसाईलीको स्वर अनि ज्वाई विजय कुमार सुनारको शब्द, त्यसमाथी छोरी र भान्जीको नृत्य समावेश म्युजिक भिडियो सार्वजनिक भएपछि श्रोताहरुले उनको परिवारको तारिफ नगरि रहन सकेनन् । पुर्ण पारिवारिक माहौलमा बनेको यो गीत राम्रो पनि छ । तीजको सन्दर्भ पारेर तयार पारिएको गीतमा परिबारकै सदस्य देखिदा छुट्टै खालको रमाईलो अनुभूत गराएको छ ।


शिब विकको निर्देशनमा रविन्द्र वरालले खिचेको यो म्युजिक भिडियोमा उषा विश्वकर्मा र शिक्षा रसाईली लगायत अन्य पारिवारिक सदस्यको सामुहिक नृत्य छ । रविन बिकले राम्रो सम्पादन गरिदिएकाले गीत अझ राम्रो बनेको छ । गायीका स्वरुपा रसाइलीले नेपाली मौलिक लयमा नयाँ तीजको कोशेली ‘मिठो सम्झना’ लिएर सांगितिक दुनियाँमा पून: उदाएकी छिन् ।आजकाल तीज गीतको नाममा बजारमा उत्ताउला र भड्किला खालका गीतले स्थान पाउँदै आएका छन् । तर, गायीका रसाईलीको गीतमा नितान्त नेपाली चेलीका बेदना झल्किएको पाइन्छ । माइतीघर छोडेर पराइ घर गएकी चेलीलाई माइतीको सम्झना अनि आफ्नी चेलीको अनुपस्थितिमा दुखी भएका माइतीको यथार्थलाई झल्काउने खालको गीत र भिडियोले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।