‘मेरी मामु’ को शिर्ष गीत सार्वजनिक

आशुसेन फिल्मस् प्रालिले आफ्नो चौथो प्रोजेक्टको रुपमा ‘मेरी मामु’ तयार पारेको छ । भदौको १५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको आज शिर्ष गीत सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्माणमा तयार भएको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।

एउटा बालक र उसको आमाको आत्मियताको कथालाई चलचित्रले उठान गरेको छ । सार्वजनिक गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द र रोहिन जोन क्षेत्रीको स्वर छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आयुब सेनलाई फिचरिङ गरिएको छ । साथमा अर्का मुख्य कलाकार सारुक ताम्राकारलाई गीतको भिडियोमा देख्न सकिन्छ । आफ्नी आमा नहुँदा एक बालकको पीडालाई गीतको भिडियोमा देखाइएको छ । चलचित्रमा निर्माता सेनका ७ बर्षिय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ ।भाद्र १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोयो चलचित्रमा कुसुम गुरुङले आयुवकी आमाको भूमिका निर्वाहा गरेका छन् । पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् ।  यो चलचित्रलाई पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको ‘मेरी मामु’ मा एलिस कार्कीको पाश्र्व संगीत छ ।