प्रबिसा,नागेन्द्र श्रेष्ठ र रचना श्रेष्ठको ‘तिमी बिना’ सार्वजनिक

गायिका प्रविशा अधिकारीको मिठो स्वरमा ‘ तिमीविना’ बोलको गीत सार्वजनिक भएको छ। विकास लामिछाने  र संज्ञा श्रेष्ठले अभिनय गरेको यो गीतलाई प्रेम र बिछोडको कन्सेपमा रायन कार्कीले  निर्देशन गरेका छन् ।


हंगकंगमा बसेर नेपाली संगीतमा क्रियाशील रहदै आएका दम्पति नागेन्द्र श्रेष्ठ र रचना श्रेष्ठको क्रमश:संगीत तथा शब्द रहेको यो गीतमा अनिल शाहीको संगीत संयोजन रहेको छ ।


म्युजिक भिडियो राम्रो बनेको छ ।उत्कृष्ठ अभिनय , सविना गुरुंगको मेकअप , प्रवीण श्रेष्ठको सम्पादन तथा कलर करेक्सन र उत्सव दाहालको छायॉकंनले भिडियोलाई जिवन्तता दिएको छ । खुलेको स्वरले पनि गीतलाई वजनदार बनाईदिएको छ । प्रविशाको गायन गीतमा निक्कै तारिफ योग्य छ ।

रायन कार्की

सविना गुरुंग