‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीतको सार्वजनिक

 

दशैमा रिलिज हुन लागेको दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा ३’को गीतको कौतुहलता पनि आम मानिसमा छ । यसको निर्माणपक्षले यही कौतुहलतालाई मेट्दै यसमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । आफैमा एउटा ब्रांन्ड बनाउन सफल चलचित्र हो ‘छक्का पन्जा’ । यसको गीतसंगीतमा आम मानिसको चासो अझै बढी  छ।  यो चलचित्रलाई ब्रान्ड बनाउनमा यसका गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ ।  लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

चलचित्रका सबै कलाकारलाई गीतमा देख्न सकिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला ,स्वस्तिमा खड्का , बर्षा राउत ,केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई यो गीतको भिडियोमा हेर्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।चलचित्रमा दिपा र दीपकको लगानी छ । गीतको भिडियो र अडियो उत्कृष्ट छ । यसले अघिल्ला चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’को जस्तै चर्चा पाउने कुरामा यसको निर्माणपक्ष ढुक्क छ । फिल्ममा अधिकाशं कलाकार अघिल्लै श्रृखंलाका छन् भने संजोग कोइराला तथा दीपिका प्रसाईं यस सिरिजमा थपिएका नयाँ कलाकार हुन्।