बुढ्यौलीमा पनि तन्नेरी जोश: जगतमर्दन थापा

बि.स.१९९३सालमा जन्मिएका गायक तथा गीतकार जगतमर्दन थापाले आज आफ्नो चौथो एल्बम ‘म पतझड तिमी मधुमास’ ८३ वर्षको उमेरमा एउटा भब्य समारोह बिच बिमोचन गराए।समारोहमा संस्कृतिबिद् सत्यमोहन जोशी, चलचित्रकर्मी चेतन कार्कीजस्ता प्रौढहरुको जोश जागरले तन्नेरीहरुमा उत्साह थपेको देखिन्थ्यो । ८० नाधेका यि सबै स्रष्टाको सकारात्मक चिन्तनले कार्यक्रम गरिमापूर्ण बन्न पुगेको थियो ।


एल्बम बिमोचनको साथमा जगतमर्दनले जोशिलो गायन पनि पेश गरेका थिए । सातवटा गीत समावेश उनको एल्बममा सहदेव ढुंगाना, विश्व बल्लभ,मोहित मर्दन थापा, रत्न शमसेर थापाको शब्द छ भने शिखर सन्तोष,किरण कडेल,मनोहर सुनाम,राजुसिंह र महेन्द्र संगीत निकेतनको संगीत रहेको छ ।एल्बममा तीन गीत लेखन र १ गीतमा जगत मर्दन कै संगीत पनि छ ।एल्बमको मुख्य गीत ‘ म पतझडथिए’ मा भारतिय गायिका उषा मंगेशकरसंग जगतमर्दनले युगल गाएका छन् ।गीत राम्रो पनि बनेको छ ।
८३ वर्षको उमेरमा पनि आफुलाई ताजगीपुर्ण राख्न सक्ने जगतमर्दन समाज र देशकै लागि उदाहरणिय बनेका छन् । सकारात्मक चिन्तन र परिवारको साथ सहयोग रह्यो भने बुढ्यौली पनि केहि हैन भन्ने कुरा उनले प्रमाणित गरेका छन् ।मौलिकता , बिबिधता र साधनाले कलासाधकलाई सफल बनाउछ र आयु पनि बढाउछ भन्ने कुरा गायक जगतमर्दनलाई हेर्ने बुझ्ने जो कोहिले अनुमान गर्न सक्छ ।