न्यूयोर्कमा‘ढकाल सुमधर साँझ’

गायक रामकृष्ण ढकालले अमेरिकाको न्यूयोर्कमा एकल सांगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।‘ढकाल सुमधुर साँझ’का नाममा नेपालबाहिर पहिलोपटक उनले एकल प्रस्तुति दिएका हुन् । लाइभ ब्यान्डका साथ ढकालले गाइरहँदा उपस्थित दर्शकले स्वरमा स्वर मिलाएर साथ दिएका थिए । ढकाललाई ६ जना वाध्यवाधकले साथ दिएका थिए । बाँसुरीमा सुशील विश्वकर्मा, तवलामा प्रमोद उपाध्याय, गिटारमा बिष्णु सुनवार, बेस गिटारमा शिशिर श्रेष्ठ, किवोर्डमा डेभिड ढकाल र अक्टोप्याड मादलमा न्हुच्छेमान डंगोलले साथ दिएका थिए । मितेरी ग्रुप समुहको हिमालयन इभेन्ट्सद्वारा आयोजित कार्यक्रमको संयोजन अभय ढुंगेल गरेका हुन् । कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका वाणिर्ज्यदूत कृषु क्षेत्रीको पनि उपस्थिति थियो । कार्यक्रम तीन घन्टासम्म चलेको थियो । यूगल गीतमा ढकाललाई स्थानीय कलाकारहरु बसन्ती राई र दिपा ढुंगेलले साथ दिए ।