पारस र सुनिताको सेप्माङ लोकार्पण

संगीतकार पारस मुकारुङ  र गायिका सुनिता थेगिमको संयुक्त एल्बम ‘ सेप्माङ’ आज एक भव्य समारोह बिच लोकार्पण सम्पन भयो । कार्यक्रममा गायक दिप श्रेष्ठ, संगीतकार बुलु मुकारुङ , गायिका कुन्ति मोक्तान ,गायक राजेशपायल राई, संगीतकार महेश खड्का, गायक तुलसी पराजुली, संचारकर्मी दिनेश डिसीको हातबाट नयॉ एल्बम बिमोचन गराईएको थियो ।कार्यक्रममा सुनिताले आफ्नो केहि गीतहरु एकल गायन प्रस्तुत गरेर उपस्थित सबैलाई मंत्रमुग्ध बनाएकी थिईन । कार्यक्रममा दुईवटा म्युजिक भिडियो पनि प्रस्तुत गरिएको थियो । नेपालका उत्कृष्ठ बाध्यबादक सबै उनको भिडियोमा देख्न सकिन्छ ।


कार्यक्रममा उपस्थित सबैले सुनिताको गायन प्रतिभाको तारिफ गरेका थिए । मिठो स्वर र गायकीले सबैलाई लठ्ठ पार्न सफल सुनिताको नेपाली गायनमा भबिष्य उज्जवल छ भन्ने कुरा उनको एल्बम र कार्यक्रमले पुष्टि गरेको छ । एल्बममा सुनिताको एकल गायन र पारसको एकल संगीत छ ।स्वप्निल स्मति , कविता राई, शुभ मुकारुंग, दुतिन्द्र चाम्लिंग र प्रकाश थामसुहागको शब्द रहेको छ ।  चाद सिंह, नोर्वु शेर्पा र फणिन्द्र राईको संगीतसंयोजनमा ५ गीत बनेका छन् ।