गायक रामभक्त जेजिजुको नयॉ गीत ‘ मनको ढोका’ सार्वजनिक

पोखरेली गायक रामभक्त जेजिजुको नयॉ गीत ‘ मनको ढोका’ सार्वजनिकभएको छ। निकेश खड्काको निर्देशनमा आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको यो गीतमा वर्षा राउत र गायक रामभक्तले सानदार अभिनय गरेका छन् ।ज्ञानेन्द्र शर्माले खिचेको यो भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा राजिव समरको कोरियोग्राफी छ ।

लामो समयको अन्तरालमा आफ्नो एकल गीत लिएर देखापरेका जोजिजुलाई यो गीतमा रक्ष गुरुंगले शब्द संगीत दिएका छन् ।गायनमा अव्वल रामभक्त यो गीतमा पनि दमदार देखिएका छन् । गीतमा महाराज थापाको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई जोजिजूले आफ्नै आधिकारिक यूट्यूब च्यानल जोजिजू इन्टरटेन्मेन्टमा समेत अपलोड गरेका छन् ।