डायस्पोराबाट गायनमा नारायणको संक्रियता

युरोपियन भुमी वेल्जियमलाई आफ्नो कर्मभुमी बनाएर उतै रमाएका नारायण धिताल राम्रै गायक हुन् भन्ने कुरा उनले पटक पटक प्रमाणित गर्दै आएका छन् । फेरि एकपटक चर्चित उपन्यासकार अमर न्यौपानेको गीत गाएर उनि चर्चामा देखिएका छन् । उपन्यासकार अमरले लेखेको ‘ तिम्रो महल’ बोलको गीत पनि अहिलेको परिवेशमा सोचेर बुझेर लेखिएको युग सुहाउदो यथार्थवादी गीत हो । यसमा हरि लम्सालको संगीत तथा संगीत संयोजन छ । नारायणले पनि दिल खोलेर गाईदिएकाले गीत अझ सरस र सरल बनेको छ । स्तरिय लेखन , संगीत र गायन चिटिक्क मिलेकाले गीत बेजोड बनेको छ ।

गीतको भिडियो पनि तारिफ योग्य छ । निशान कश्यपले निर्देशन रहेको यो भिडियोमा पल शाह र सृष्टी खड्काले अभिनय गरेका छन् । रबिन्द्र बरालको छायांकन , विकास दाहालको सम्पादन र बिमला तामांगको मेकअपले पनि गीतको भिडियो गज्जबको बनेको छ । गीतको भाबलाई अझ खुलाईदिने गरि भिडियो बनेकाले तारिफ योग्य छ ।