यूवा जमातको रहनसहन र मगर सांकृतिक झलक: शिरफूल

कमल एक्चै मगरको निर्देशनमा नाइस मिडिया नेटवर्क र मगर क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा रुपा राना, राथ थापा, देवराज आले, विनिता थापा, सुनिल रोकमा, राजु यूगिन ,नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा काठमाण्डौका यूवा जमातको रहनसहन र आदिवासी जनजातीको सांकृतिक झलक हेर्न पाइन्छ ।

देवराज आलेको कथामा तयार भएको चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । हरी लम्साल र देवराज आले मगरको संगीत छ । यस अघी नै चलचित्रको दुई गीत ‘आज किन’ र ‘शिरफूल’ टाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ  । चलचित्रका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको रहेको छ । आर्शिवाद पुनमगरको चलचित्रमा लगानी छ । नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा  चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो ।