‘हाम्रो गाउने जीवन’ फेरि नयॉ संगीत संयोजनमा

चर्चित गायक निर्णय एनएसकेले आफ्नो हिट गीत ‘हाम्रो गाउने जीवन’ लाई फेरि नयॉ संगीत संयोजनमा श्रोता समक्ष ल्याएका छन् नयॉ परिवेश र परिकल्पनामा नयॉ भिडियो बनाएर सार्वजनिक भएको यो गीतमा पुरानै स्वर रहेता पनि भिडियो बिलकुल नया बनाईएको छ । श्रेया कार्की र सुशान्तको अभिनय रहेको यो गीतलाई मिमोस के श्रेष्ठले निर्देशन गरेका छन् । आफ्नै संगीत र शब्दमा रहेको यो गीतमा निर्णयलाई प्राश्ना शाक्यले स्वर मा साथ दिएकी छिन।