चलचित्र ‘जीवन काडा कि फूल’अगामी चैत २२ मा प्रदर्शन

मदन पुरस्कार बिजेता झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक  नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र पोष्टर सार्वजनिक गरिएको हो ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा  कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धिरन शाक्य, नेपाल पत्रकार संघ काठमाडौंका अध्यक्ष शान्तिराम बिडारी, चलचित्रकी कलाकार सारिका घिमिरे, कलाकार किशन सुनवार, छयाँकार शिव ढकाल, नृत्य निर्देशक कमल राईलगायतले पोष्टर सार्वजनिक गरेका थिए ।

घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए । घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाँकन गरिएको चलचित्रको निर्माता विनोद विष्ट  रहेका छन् । चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।