‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो  सार्वजनिक

नेपाली चलचित्र मदहोस  को  ‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो  सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” को लिरिकल भिडियो सार्वजनिक भएको हो ।
एस के अधिकारिको गीत,बाबुल गिरि को संगीतमा नित्या शिवा र बाबुल कै आवाज रहेको छ, प्रीयन्का अधिकारी र दिपेन्द्र कोइराला को फिचरिङ रहेको छ । गीत मा राजु शाहको नृत्य ,बिक्रम कार्कीको छायांकन देव महर्जनको द्वन्द  रहेको छ ।
चलचित्रमा सन्तोष श्रेष्ठ ,कसिस दहाल ,राजु पौड्याल ,हेम लता घिमिरेको अभिनय रहेको मदहोसमा एस के अधिकारी को लेखन र निर्देशन रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज गर्ने लक्ष्य सहित पोस्टको काम भएको निमार्ण पक्षले बताएको छ  ।
https://www.youtube.com/embed/WxuXx8moh0E