फागुपुर्णिमाको अवसरमा ‘ह्यापी होलि’ रिलिज

फागुपुर्णिमाको अवसरमा गायिका सुशिला पाठक र श्रीहरि दाहालले एउटा युगल गीत सार्वजनिक गरेका छन् । मज्जाले नाच्दै नाच्दै गीत गाएर फागु खेल्न मिल्नेगरि बनाएको यो गीतमा रुपेश बासकोटाको शब्द संगीत रहेको छ ।

अनुप राईको संगीत संयोजनमा बनेको यो गीतको भिडियो पनि बनेको छ।सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अगुवाईमा समुह नृत्य गरिएको भिडियोमा फागु खेलिएको दृश्यहरु राखिएको छ । गायिका सुशिलाले पनि नाचेकी छिन् । प्रमोद भन्डारीले कोरियोग्राफ़ी गरेको यो गीतमा छायॉकंन टंक केसी,सम्पादन सिलन लम्साल र निर्देशन समन अधिकारीले गरेका छन् ।
https://youtu.be/z3B64doPBbg