एसियाली महिला उद्यमीहरुको सम्मेलन सम्पन्न

मित्रराष्ट्र श्रीलंकामा आयोजना भएको एसियाली महिला उद्यमीहरुको सम्मेलनमा भाग लिएर १४ सदस्यीय नेपाली महिला उद्यमीहरु स्वदेश फर्किएका छन् ।समारोहमा एसियाली स्तरमा आयोजना गरिएको प्रतियोगिताका बिजयीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।एससीडब्लुले आयोजना गरेको समारोहमा भाग लिन कोलम्बो गएको टोलीको नेतृत्व एससिडब्लुइसीकी नेपाल शाखाकी उपाध्यक्ष रीता भण्डारीले गरेकी थिइन ।

टोलीमा प्रतियोगीको रुपमा दुई फेसन डिजाईन अनु श्रेष्ठ,सरिता तुलाधर उत्कृष्ट नेपाली महिला उद्यमी श्याम बदन श्रेष्ठ र एक रक गायकको साथमा ११एससिडब्लुइसीका सदस्यहरु पनि परेका थिए । पहिलो पटक आयोजना भएको यो प्रतियोगिताको मापदण्ड अन्तराष्ट्रीय चार्टर एकाउन्ट फर्मबाट बिकसीत गरिएको थियो ।

एसएसिइइसीका अनुसार यस क्षेत्रका सामाजिक आर्थिक वृद्धिमा उनीहरुको येगदानलाई कदर गर्दै महिला उद्यमीहरुलाई सशक्तिकरण गर्ने उद्देश्य रहेको छ ।समारोहमा गायिका सबिना कार्कीले पनि प्रस्तुति दिएकी थिईन ।उनको गायकमा श्रीलंकन नतर्कीहरुले नृत्य पनि गरेका थिए ।गायिका सबिनाका अनुसार कार्यक्रम भव्य र सभ्य थियो ।