दीलिप र मरिष्का गायक शंकरलाल श्रेष्ठको म्युजिकभिडियोमा

एक समयका चर्चित अभिनेता दिलिप रायमाझी र अहिले चर्चामा रहेकी मोडल मरिस्का पोखरेलको अभिनयलाई समेटेर सेलिब्रेटी नेपालले एउटा नृत्यात्मक गीत “ माया त लाउने” आफ्नै युट्युभ च्यानलबाट सार्वजनिक गरेको छ । पुराना गायक शंकरलाल श्रेष्ठको स्वरमा तयार पारिएको यो गीतमा चलचित्र निर्देशनमा निक्कै सफल मानिएका निर्देशक दयाराम दाहालको शब्द संगीत रहेको छ ।

दयाराम दाहालका धेरै शब्दहरु चलचित्रमा पहिले पनि नदेखिएका हैनन तर संगीत चाहि यो सायद पहिलो हो । यस अधि उनको संगीत कहि कतै देखिएको थिएन । शब्द जस्तै संगीतमा पनि सिद्धहस्त नै देखिएका छन् । राम्रो शब्दकारको रुपमा प्रमाणित दयारामको संगीत पक्ष पनि ससक्त नै देखिएको छ । गायन अनुसारको लय सिर्जना गर्न सक्ने क्षमता उनले देखाएका छन् ।

दिलिप र मरिस्काको अभिनय पनि तारिफ योग्य छ । नाच्न दुबै सिपालु छन् भन्ने कुरा यो गीतले पुन प्रमाणित गरेको छ । रामकुमार केसीले राम्रो छायॉकंन र ड्रोन कला देखाएको यो भिडियोमा लिगेस भट्टाराईले आफ्नो कोरियोग्राफ़ीको साथमा निर्देशन पनि गरेका छन् । कौसल शर्माले संपादन गरेको यो भिडियो धुलिखेल आशपास खिचिएको देखिन्छ ।भिडियोलाई आज एक भब्य समारोह बिच वरिष्ठ संगीतकार एवम् पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा रिलिज गरिएको थियो ।
https://youtu.be/PGFle_pfoZg